विमानमा महिलामाथि यात्रुले पिसाब गरेको घटनापछि एयर इन्डियालाई ३० लाख जरिवाना


प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार

नोभेम्बरमा आफ्नो एउटा उडानमा अनियन्त्रित यात्रुलाई सम्हाल्न नसकेकोमा एयर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ अर्थात् ३७ हजार अमेरिकी डलर जरिवाना गरिएको भारतको उड्डयन नियामकले शुक्रबार जानकारी दिएको छ ।

टाटा समूहको स्वामित्वमा रहेको एयरलाइन्सका लागि यो निर्णय नोभेम्बर २६ को उडानमा भएको घटनापछि आएको हो । जसमा एक पुरुष यात्रुले मादक पदार्थ सेवन गरेको अवस्थामा महिला यात्रीमाथि पिसाब गरेको थियो।

उक्त घटना भएको न्यूयोर्क–नयाँ दिल्ली उडानका पाइलट इन कमाण्डको लाइसेन्स पनि तीन महिनाका लागि सस्पेण्ड गरिएको छ भने एयर इन्डियाका निर्देशक–इन–फ्लाइट सेवालाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

यो घटना नोभेम्बरको हो तर करिब डेढ महिनापछि सार्वजनिक भएको हो ।यस मुद्दामा आरोपी शंकर मिश्र पक्राउ परेका छन् । एयर इन्डियाले उनलाई चार महिनाको लागि उडान प्रतिबन्ध लगाएको छ।

विमान अमेरिकाको न्यूयोर्कबाट दिल्ली आउँदै थियो । पीडित महिला विमानको फर्स्ट क्लासमा सवार थिइन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com