क्रिस हिपकिन्स न्यूजिल्याण्डको प्रधानमन्त्री बन्ने,आर्डर्नले राजीनामा दिने
प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार
न्यूजिल्याण्डको लेबर पार्टीका सांसद क्रिस हिपकिन्सलाई प्रधानमन्त्री बनाउने तयारीमा छन् जसिन्डा आर्डन । उनी पार्टीको शीर्ष नेताको दौडमा एक मात्र दावेदार भएकाले उनको प्रधानमन्त्री पदमा निर्वाचित हुने निश्चित छ ।
क्रिस हिपकिन्स सन् २००८ मा पहिलो पटक सांसद बने र नोभेम्बर २०२० मा उनी कोरोना व्यवस्थापन मन्त्री निर्वाचित भए ।
यसअघि बिहीबार जसिन्डा आर्डर्नले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी थिइन् । उनले अब आफूसँग योगदान गर्ने महत्वपूर्ण केही बाँकी नरहेको बताए ।
यसै वर्ष अक्टोबरमा न्युजिल्यान्डमा आम निर्वाचन हुने भएकाले हिप्किन्स कति समयसम्म यो पदमा रहने भन्ने टुंगो लागेको छैन । यदि लेबर पार्टीले चुनाव हारे भने, हिपकिन्स आठ महिनाको लागि मात्र प्रधानमन्त्री हुनेछन्।
४४ वर्षीय हिपकिन्स अहिले प्रहरी, शिक्षा र सार्वजनिक सेवा मन्त्री छन्। उनलाई प्रधानमन्त्री बन्नुअघि आइतबार संसदमा लेबर पार्टीको औपचारिक समर्थन चाहिन्छ।
यदि उनले यो समर्थन प्राप्त गरे भने, आर्डनले फेब्रुअरी ७ मा गभर्नर जनरललाई औपचारिक रूपमा आफ्नो राजीनामा बुझाउनेछन्। यसपछि हिप्किन्स प्रधानमन्त्री नियुक्त हुनेछन् ।