अफगानिस्तानको फराहरुदका ७० प्रतिशत बासिन्दा राष्ट्रिय परिचयपत्रबिहीन


प्रकाशित मिति : माघ ८, २०७९ आईतबार

अफगानिस्तानको पश्चिम प्रान्त फराहमा स्थानीय अधिकारीहरुले फराहरुद जिल्लाका कम्तीमा ७० प्रतिशत बासिन्दासँग राष्ट्रिय परिचयपत्र नभएको अफगानिस्तानको समाचार समिति टोलो जनाएको छ ।

तीस प्रतिशत बासिन्दासँग परिचयपत्र भएको फराहरुद जिल्ला गभर्नर मोहम्मद सादिकले टोलो समाचारलाई उद्धृत गर्दै जानकारी दिनुभएको छ । फराहरुदमा कम्तीमा १४ हजार मानिसले परिचयपत्र लिएका छन् भने बाँकी ७० हजारले राष्ट्रिय कागजात पाउन बाँकी रहेको राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरण फराहको तथ्याङ्कले देखाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com