अध्ययनको दाबी- ८ हजार वर्षअघि मानिसले दूध पिउन थालेपछि उचाइ बढ्न थाल्यो
प्रकाशित मिति : माघ ८, २०७९ आईतबार
आठ हजार वर्ष पुरानो कंकालको नयाँ अध्ययनले दूध पिउन थालेपछि मानिस अग्लो हुन थालेको खुलासा गरेको छ ।
यो निष्कर्षमा पुग्न क्यानडाको वेस्टर्न ओन्टारियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तीन हजारभन्दा बढी कंकालको अध्ययन गरेका थिए।
आठ हजार वर्षअघि मानिसको समूहले ल्याक्टोज खान थालेपछि उनीहरूको उचाइ बढेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्।
उनीहरू भन्छन् – ‘युरोपका केही भागहरूमा मानिसको उचाइमा यो वृद्धि डेयरी उत्पादन बाल्यकालमा हुँदा नै भएको हो।’
दूध पिउनाले मानिसको पोषण बढ्यो र यसले गर्दा मानिसको लम्बाइ बढ्न थाल्यो । बीबीसीबाट