ट्विटर र स्मार्ट फोन चलाउने विश्वकै सबैभन्दा वृद्ध महिलाले खोलिन दीर्घायुको रहस्य


प्रकाशित मिति : माघ ८, २०७९ आईतबार

स्पेनकी मारिया ब्रान्यास मोरेराको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा रेकर्ड गरिएको छ । उनको आधिकारिक उमेर २१ जनवरी २०२३ मा ११५ वर्ष ३२३ दिनको रूपमा रेकर्ड गरिएको छ  ।

कोभिड महामारीको समयमा उनको नाम पटक-पटक उल्लेख गर्दै भनिएको थियो, ‘ १०० वर्ष पहिले १९१८ मा पनि यस्तै महामारी आएको थियो यसको साक्षी मोरेरा हुन। उनले विश्वयुद्ध र स्पेनिस गृहयुद्ध दुवै देखेकी छिन् र २०१९ मा पनि कोभिडलाई सफलतापूर्वक पराजित गरिसकेकी छिन्।’, ४ मार्च १९०७ मा सान फ्रान्सिस्को, क्यालिफोर्निया मा जन्मिएकी उनी दुबै विश्व युद्ध सहित गत शताब्दीमा भएका धेरै घटनाहरुको साक्षी पनि हुन ।

छोरीको सहयोगमा ट्विटर चलाउने मारियाले लामो जीवन जिउने टिप्स पनि दिएकी छिन् । अनुशासन, शान्ति, परिवार र साथीभाइसँगको सुमधुर सम्बन्ध, प्रकृतिसँगको सम्पर्क, भावनात्मक स्थिरता, चिन्ता नलिने, पश्चाताप नगर्ने, सकारात्मक सोच र खराब व्यक्तिहरुबाट टाढा रहँदा लामो समय बाँच्न सकिने उनको भनाइ छ ।

मारियाका सबै कागजातहरू जाँच गरेपछि, गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आफ्नो वेबसाइटमा घोषणा गर्‍यो कि उनी ‘विश्वकै सबैभन्दा वृद्ध महिला र सबैभन्दा वृद्ध जीवित व्यक्ति’ हुन्। उनीअघि यो हैसियत फ्रान्सकी लुसिल रान्डनको थियो । ११८ वर्षीया लुसिली रान्डनको मृत्युपछि उनी विश्वको सबैभन्दा वृद्ध महिला हुन ।

मारियाको जन्मको केही समयपछि परिवारले आफ्नो गृह देश स्पेन फर्कने निर्णय गर्यो। सन् १९१५ को कुरा हो, प्रथम विश्वयुद्ध सुरु भएको थियो, जसका कारण एट्लान्टिकबाट गुज्रिरहेको उनको जहाज समस्यामा परेको थियो ।

यसै क्रममा एउटा दुर्घटना भयो र मोइराका बुबाको स्पेन पुग्नुअघि नै मृत्यु भयो। अझ दुःखद कुरा, जहाजमा उनको शव राख्न सम्भव थिएन, त्यसैले यसलाई समुद्रमा फ्याँकियो। मोरेरा र उनकी आमा बार्सिलोनामा बसे। १९३१ मा, मोरेराले एक डाक्टरसँग विवाह गरे।

उनीहरूको विवाहको पाँच वर्षपछि, विश्व प्रसिद्ध स्पेनी गृहयुद्ध सुरु भयो, जुन लगभग तीन वर्षसम्म चल्यो। उनीहरुको वैवाहिक जीवन चार दशकसम्म चलेको थियो । उनका श्रीमानको ७२ वर्षको उमेरमा निधन भएको थियो । उनीहरुका तीन सन्तान थिए, जसमध्ये एकको मृत्यु भइसकेको छ । उनका ११ नातिनातिना र ११ जना पलातिनाहरु छन्। मारियाकी कान्छी छोरी ७८ वर्षकी भईन। उनका अनुसार मोरेरालाई कहिल्यै अस्पतालमा भर्ना गरिएको छैन।

कोविड भएका बेला उनले आफूलाई कोठामा थुनिन् र सामान्य दिनचर्याका साथ रोगलाई हराउन सफल भइन्। मोरेरालाई दीर्घायुको आशीर्वाद दिन सक्ने यो संसारमा कुनै पनि व्यक्ति छैन किनभने त्यसका लागि त्यो व्यक्ति मोरेराभन्दा ठूलो हुनु आवश्यक छ र यो सम्पूर्ण ब्रह्माण्डमा मोरेराभन्दा ठूलो व्यक्ति कोही छैन। यस्तो अवस्थामा, तपाईं हामी प्रार्थना गर्न सक्छौँ, ‘अझै बाँचिरहनुहोस्’।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com