२४ घन्टाको अवरुद्धपछि पाकिस्तानमा विद्युत् सुचारु
प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार
पाकिस्तानमा बिजुली संकट अब समाप्त भएको छ र आपूर्ति फेरि सुरु भएको छ। पाकिस्तानको ऊर्जा मन्त्रालयका अनुसार २४ घण्टाभित्र देशभरका १११२ पावर ग्रिडहरू पुनःस्थापित गरिएको छ।
यसअघि साँझदेखि नै देशभर विभिन्न चरणमा विद्युत सेवा सुचारु हुँदै आएको थियो ।
पाकिस्तानमा सोमबार बिहानैदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो । ऊर्जा मन्त्रालयका अनुसार प्रारम्भिक रिपोर्ट अनुसार राष्ट्रिय ग्रिडको सिस्टम फ्रिक्वेन्सी विहान ७ः३४ मा घटेर विद्युत प्रणालीमा व्यापक क्षति पुगेको थियो ।
विद्युत संकटले करिब ४० हजार मोबाइल टावर प्रभावित भएका छन् ।
सामाजिक सञ्जालमा इस्लामावादलगायत धेरै क्षेत्रमा मानिसहरूले मोबाइल सिग्नल कमजोर भएको गुनासो गरिरहे।
केन्द्रीय मन्त्री खुर्रम दस्तगीरले ब्रेकडाउनको कारण पत्ता लगाएर जिम्मेवारी तोक्ने बताएका थिए ।