फिलिपिन्समा वायुसेनाको विमान दुर्घटना
प्रकाशित मिति : माघ ११, २०७९ बुधबार
प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्युभएको छ ।
राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन् ।
वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन् ।
यसैबीच, हिजोदेखि एउटा विमान हराइरहेको छ । इसावेला प्रान्तबाट उडेको केही क्षणपछि हराइरहेको छ जना यात्री बोकेको निजी विमानको खोजी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको फिलिपिन्सको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अप्लोनियोले बताएका छन् ।