प्रख्यात टेक कम्पनी सापले ३ हजार जनालाई जागिरबाट निकाल्दै
प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार
प्रख्यात टेक कम्पनी सापले तीन हजार रोजगारी कटौती गर्ने बताएको छ । यो उनीहरूको कुल कार्यबलको २.५ प्रतिशत हो। समाचार एजेन्सी रोयटर्सका अनुसार, यो जर्मन कम्पनीले क्वाल्ट्रिक्समा आफ्नो हिस्सेदारी र लागत कटौती गर्ने बारे विचार गरिरहेको र क्लाउड व्यवसायमा ध्यान केन्द्रित गर्ने बताएको छ।
अल्फाबेटको गुगल, माइक्रोसफ्ट र अमेजन लगायतका कम्पनीहरूले आर्थिक अवस्थाका लागि खर्च कटौती गर्न हजारौं कर्मचारी कटौतीको घोषणा गरेपछि SAP रोजगारी कटौती गर्ने सबैभन्दा नयाँ प्रविधि कम्पनी हो।
‘हामी २०२३ को लागि थोरै लागत घटाउने तयारीमा छौँ, र सुधारिएको रन रेटबाट २०२४ मा ३ सय मिलियन देखि ३ सय ५० मिलियन यूरो बचत हुने अपेक्षा गर्दछौं’ मुख्य वित्तीय अधिकारी लुका मुसिकले पत्रकारहरूलाई भने।
जर्मनीमा रहेको यसको मुख्यालयबाट २ सय भन्दा बढी मानिसहरूलाई बर्खास्त गर्नेछ। यसअघि माइक्रोसफ्ट र गुगल लगायत धेरै कम्पनीले रिटेन्चमेन्टको कुरा गरिसकेका छन् ।
SAP ले Qualtrics मा आफ्नो सेयर बेच्ने प्रक्रिया पनि सुरु गरेको छ। यसले कम्पनीलाई २०१८ मा ८ बिलियन डलरमा किनेको थियो र २०२१ मा लगभग २१ बिलियन डलरको मुल्यांकनमा सार्वजनिक गरेको थियो। हाल, सर्वेक्षण-सफ्टवेयर विक्रेता क्वाल्ट्रिक्सको बजार मूल्य 7 बिलियन छ र SAP को ७१ प्रतिशत हिस्सेदारी छ।