सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय, समर्थन यथावत राख्ने


प्रकाशित मिति : माघ २२, २०७९ आईतबार

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो । बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफू र आफ्नो पार्टीलाई दिएको एक(एक भोटको महत्व राख्ने बताउनुभयो ।

बैठकले यद्यपि सरकारलाई दिएको समर्थन भने यथावत राख्ने बैठकले निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com