टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १९०० नाघ्यो
प्रकाशित मिति : माघ २३, २०७९ सोमबार
टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्पप गएछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०० भन्दा बढी पुगेको छ । टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा १,१२१ व्यक्तिको मृत्यु भएको र सिरियामा थप ७८३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
दुवैतिरको हताहतीको संख्या १,९०४ पुगेको बताइएको छ । थप विवरण सार्वजनिक हुने क्रममा छ ।
भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् । यसै बीच टर्कीले राहत र उद्धारकार्यमा सहयोग गर्न विश्वसमुदाय सँग आग्रह गरेको छ ।
टर्कीले स्तर ४’ अलार्म जारी गर्दै सहयोगका लागि अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको छ । टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सीले ७.८ म्याग्निच्युडको भूकम्पले तहसनहस पारेपछि तत्काल राहत र सहायता परिचालन गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको हो ।