टर्कीमा भूकम्पमा परी चर्चित फुटबल खेलाडीको मृत्यु
प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार
टर्कीमा गएको भूकम्पमा परी चर्चित गोलकिपर अहमद अयाप तुर्कस्लानको मृत्यु भएको छ । उनको फुटबल क्लब येनी मालत्यास्पोरले यसको पुष्टि गरेको छ ।
क्लबले ट्वीटरमा लेखेको छ, ‘हाम्रा गोलकिपर अहमद अयाप तुर्कस्लानको भूकम्पमा मृत्यु भयो। हामी उहाँलाई बिर्सने छैनौं। उहाँ धेरै राम्रो व्यक्ति हुनुहुन्थ्यो।’
२८ वर्षीय तुर्कस्लानले येनी मालत्यास्पोर क्लबबाट ६ पटक खेलेका थिए । उनी सन् २०२१ मा यो क्लबमा प्रवेश गरेका थिए ।
टर्की र सिरियामा सोमबार आएको भूकम्पका कारण अहिलेसम्म ७ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । धेरै मानिस अझै पनि भग्नावशेषमुनि दबिएका छन्, जसका लागि राहत कार्य जारी छ ।
Başımız sağ olsun!
Kalecimiz Ahmet Eyüp Türkaslan, meydana gelen depremde göçük altında kalarak, hayatını kaybetmiştir. Allah rahmet eylesin, mekanı cennet olsun.
Seni unutmayacağız güzel insan.😢 pic.twitter.com/15yjH9Sa1H— Yeni Malatyaspor (@YMSkulubu) February 7, 2023