फेब्रुअरीमा जापानको थोक मुद्रास्फीति सुस्त
प्रकाशित मिति : फाल्गुन ९, २०७९ मंगलबार
जापान सरकारले मङ्गलबार थोक मूल्यको मासिक मूल्याङ्कनलाई परिमार्जन गरेको छ । यद्यपि यस मूल्याङ्कनबाट जापानी अर्थतन्त्रको अवस्था भने यथावत् छ । योसँगै कर्पोरेट सामानको मूल्य हालसालै सुस्त गतिमा बढ्दै गएको छ ।
क्याबिनेट अफिसले जारी गरेको फेब्रुअरीको आर्थिक प्रतिवेदनमा भने सामान्य परिवर्तन देखिएको छ । प्रतिवेदनका अनुसार केही कमजोरीका बाबजुद जापानी अर्थतन्त्र ‘मध्यम रूपमा उठिरहेको’ सरकारले आफ्नो मासिक मूल्याङ्कनमा उल्लेख गरेको छ ।
प्रतिवेदनले निजी उपभोग र कर्पोरेट खर्चदेखि उत्पादन र निर्यातसम्मको अर्थतन्त्रका ११ प्रमुख अङ्गहरूको मूल्याङ्कनलाई भने यथावत् कायम राखेको छ। साथै प्रतिवेदनले कमजोर निर्यात, औद्योगिक उत्पादन वृद्धिमा रोक र फेब्रुअरीमा बढ्दो उपभोक्ता मूल्यहरू पनि विशेषरूपमा उल्लेख गरेको छ।
जारी विश्वव्यापी मौद्रिक कडाइ र अन्य कारकहरूका बीचमा विदेशी अर्थतन्त्रको सुस्तता जापानी अर्थतन्त्रको लागि नकारात्मक जोखिमको रूपमा लिइएको पनि प्रतिवेदनमा उल्लेख छ ।