मोरक्कोद्वारा अन्तरराष्ट्रिय बजारमा २.५ अर्ब अमेरिकी डलरको ऋणपत्र जारी


प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार

मोरक्कोले अन्तरराष्ट्रिय वित्तीय बजारमा २.५ बिलियन अमेरिकी डलर ऋणपत्र जारी गरेको छ । मोरक्कन समाचार एजेन्सी म्यापले बिहीबार उल्लेख गरेअनुसार मोरक्कोको अर्थ र वित्त मन्त्री नादिया फेताह अलाउईले बन्डहरूलाई १.२५ अर्ब डलरको दुई किस्तामा विभाजन गर्नु भएको छ ।

ऋणपत्र जारी गर्ने सफलता ‘सङ्कटको सन्दर्भमा मोरक्कन अर्थतन्त्रको लचिलोपनमा लगानीकर्ताहरूको विश्वासको प्रमाण हो,’ मन्त्री फेताहले बताउनु भएको छ । मोरक्कन केन्द्रीय बैंकका अनुसार, उत्तर अफ्रिकी देशको अर्थतन्त्र सन् २०२२ मा १.३ प्रतिशतले बृद्धि भएको छ र २०२३ मा ३.३ प्रतिशतले वृद्धि हुने अपेक्षा पनि गरिएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com