भारतीय कांग्रेस पार्टीकी नेतृ सोनिया गान्धी अस्पतालमा भर्ना, अवस्था सामान्य


प्रकाशित मिति : फाल्गुन १९, २०७९ शुक्रबार

भारतीय कांग्रेस पार्टीकी नेतृ सोनिया गान्धीलाई दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको छ । उनलाई ज्वरो आएको चिकित्सकले बताएका छन् ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार अस्पतालले हेल्थ बुलेटिन जारी गर्दै उनको अवस्था स्थिर रहेको जानकारी दिएको छ । उनलाई बिहीबार अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ताले जानकारी दिए ।

सर गंगाराम अस्पतालका अध्यक्ष डीएम राणाले सोनिया गान्धीलाई ज्वरो आएपछि डा अरुप बसुको निगरानीमा अस्पतालमा भर्ना गरिएको जानकारी दिए । अरुप बसु श्वासप्रश्वास विभागका वरिष्ठ सल्लाहकार हुन्।

उनले भने, “गान्धीको स्वास्थ्यको अनुगमन र अनुसन्धान भइरहेको छ। उहाँको अवस्था स्थिर छ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com