अमेरिकामा संकलित साढे तीन लाख रुपैँया ब्लड क्यान्सर पीडित ५ वर्षीय प्रनिशालाई हस्तान्तरण
प्रकाशित मिति : फाल्गुन १९, २०७९ शुक्रबार
ब्लड क्यान्सरबाट पीडित डोटीकी ५ वर्षीय बालिकाको उपचारको लागि अमेरिकामा संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ ।
अमर क्षेत्री फाउण्डेशनबाट संकलन गरिएको तीन लाख पचाँस हजार रुपैँया क्यान्सर पीडित बालिका प्रनिशा सिजापतीका पीता हरी सिजापतीलाई हस्तान्तरण गरिएको हो ।
प्रनिशाको उपचारको लागि अमेरिकास्थित डलास टेक्सासमा कल्चर मजेष्टी र अमर क्षेत्री फाउण्डेशनले महाकाल नामक सांगितिक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा द अक्ष ब्याण्ड, निमा रुम्बा, प्रजिता बास्तोला लगाएतले प्रस्तुती दिएका थिए ।
५ वर्षीया प्रनिशा विगत दुई वर्षदेखि ब्लड क्यान्सरबाट ग्रसित छिन् । उनको बोनम्यारो प्रत्यारोपणको लागि भारत लैजाने तयारी गरिएको छ ।