अमेरिकाले युक्रेनलाई पठायो ४ सय मिलियन डॉलर बराबरको सैन्य उपकरण र हतियार


प्रकाशित मिति : फाल्गुन १९, २०७९ शुक्रबार

रुससँग युद्ध लडिरहेको युक्रेनलाई अमेरिकाले फेरि सैन्य सहयोग गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई ४०० मिलियन डलर अर्थात करिब ३२०० करोड रुपैयाँ बराबरको सैन्य उपकरण र हतियार पठाएको बताएको छ ।

रक्षा मन्त्रालयले यो सहयोग युक्रेनको रक्षा आवश्यकता पूरा गर्नका लागि भएको बताएको छ । फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेदेखि अमेरिकाले ३० अर्ब डलरभन्दा बढी सहयोग पठाएको छ।

अमेरिकाले नयाँ सहयोगमा युक्रेनलाई आधुनिक रकेट प्रणाली, हाइमर्स डिफेन्स सिस्टमका लागि आर्टिलरी राउन्ड उपलब्ध गराएको छ । यसमा सवारीसाधन सञ्चालन गरिएका पुलहरू पनि समावेश छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com