रोहिंग्या शिविरमा भीषण आगलागी, १२ हजार मानिस घरबारविहीन


प्रकाशित मिति : फाल्गुन २२, २०७९ सोमबार

दक्षिणपूर्वी बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा हजारौं मानिसले आश्रय गुमाएका छन् । आइतबारदेखि सुरु भएको यो आगलागीको चपेटामा अहिलेसम्म कक्स बजार शिविरका २ हजारभन्दा बढी घर जलेर नष्ट भएका छन् । शिविरमा लागेको आगलागीका कारण १२ हजार मानिस घरबारविहीन भएका छन् ।

आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने मानवीय क्षति भएको छैन । स्थानीय समय अनुसार आइतबार दिउँसो ३ः४५ बजेतिरबाट आगलागी सुरु भएको बताईएको छ ।

अधिकारीहरुका अनुसार कक्स बजारमा लागेको आगो नियन्त्रणमा आएको छ र ठूलो क्षति भएको छ । गत वर्ष मार्चमा भएको अर्को आगलागीमा करिब १० हजार आश्रयस्थल जलेर १५ जनाको मृत्यु भएको थियो । शिविरमा आगलागी भएपछि यहाँका रोहिंग्या परिवारले नजिकैको पहाडमा शरण लिएका छन् ।

म्यानमारमा सैन्य आक्रमणको डरले भागेका रोहिंग्याहरू अत्यन्तै कठिन परिस्थितिमा बाँचिरहेका छन्। भारतमा पनि पटकपटक रोहिंग्या शिविरमा आगो लागेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com