आगामी चैत २ देखि हुने छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको टिकट बुकिङ खुला


प्रकाशित मिति : फाल्गुन २३, २०७९ मंगलबार

आगामी चैत २ देखि ६ गते (मार्च १६-२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को टिकट बुकिङ खुला भएको छ ।

यस पटक ‘निफ’का प्रतिस्पर्धी चलचित्र चारवटा सिनेमा हल मार्फत प्रदर्शन हुनेछन् ।  क्यूएफएक्ससँगको संझौता अनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धाी फिल्म प्रदर्शन हुने निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

महोत्सवमा ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रदर्शन हुने छन् भने ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ । टिकट बिक्रीको लागि ‘खल्ती एप’ प्रयोग सकिनेछ ।

कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरु प्रदर्शन हुनेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com