झण्डावाल गाडी छाडेर मन्त्री किराँती अटोरिक्सा चढेपछि


प्रकाशित मिति : फाल्गुन २८, २०७९ आईतबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आइतबार मानव निर्मित भरत ताल घुम्न आइपुगे ।उनी झण्डावाल सरकारी गाडीबाट ओर्लिएर फटाफट अटो रिक्सा चढे । मन्त्री आफु चढेर आएका गाडी छाडेर अटोरिक्सा चढेपछि सर्वसाधारण अचम्म मानिरहेका थिए ।

अहिले बनिसकेका ५० बिघाभन्दा ठूलो ताल र थप बन्दै गरेको ६० भन्दा ठूला तालको अवलोकन मन्त्री किरातीले अटो रिक्सा चढेर अवलोकन गरे ।मन्त्री अटो रिक्सा चढेर अघि लागेपछि बागमती नगरपालिकाका उपप्रमुख लिला मोक्तान पनि नगरपालिकाका कर्मचारी सहिट अर्को अटो रिक्सामा चढेर पछि लागिन । साथमा पहिलो संविधानसभा सदस्य आङदावा शेर्पा पनि थिइन् ।अटो रिक्सा चढेर करिब २५ मिनेट ताल वरिपरि घुमे । तालको बीच भागमा पर्ने गरि रिसोर्ट पनि बन्दै गरेका छन् । तालको छेउछाउ रहेको सार्वजनिक ९० बिघामा नगरपालिकाले नै आँप रोपेका छन्, यसले पनि दृश्य मनमोहक देखिन्छ ।

ताल घुमेर फर्किएपछि मन्त्री किराँतीले तीन जनाका लागि बाँडेर लिनुस है भन्दै २ हजार रूपैया दिए । अटो रिक्सावाला भो पर्दैन भन्दै थिए । नगरपालिकाका उपमेयर र कर्मचारी हामी तिर्छौ भन्दै थिए । तर, मन्त्री किराँतीले सचिवालयका विज्ञान श्रेष्ठसित लिएर रिक्सावाललाई २ हजार रूपैया दिँदै यतिले पुग्छ कि पुग्दैन ? भन्दै सोधे । रिक्सावाल खुशी हुँदै जति नि पुग्छ नि भन्दै थिए । गाडीबाटै नघुमेर किन रिक्सा ? भन्ने जिज्ञासमा मन्त्री किराँतीले भने, स्थानीय स्रोतको पनि प्रोत्साहन गर्नुपर्यो नि । बागमती नगरपालिकाले बनाएको बागमती माछा पोखरी (भरत ताल) मा मन्त्री किराँतीले जेटबोट र सानो बोट चढे । साथमा स्थानीय पत्रकार पनि थिए ।

बोट चढेपछि उनले पर्यटन प्रवर्द्धनका तालले महत्त्वपूर्ण भूमिका खेलेको बताए । ताल घुम्न आउनेको सुरक्षा, सौचालयको उचित प्रवन्ध, स्थानीय खाद्यान्न प्रोत्साहन हुने गरि होटल तथा होम स्टेको व्यवस्थापन गरन सुझाव दिए ।सो तालमा मासिक सरदर १ लाख पर्यटक आउने गरेका छन् । नगरपालिकाका लागि राम्रो आम्दानीको स्रोत बनेको छ भने ५ सयभन्दा बढीले प्रत्यक्ष राृजगारी पाएका छन् ।नगरपालिकाले बागमङनदी किनारमा फोर स्टार स्तरको रिसोर्ट समेत बनाइरहेको छ भने बागमती नदी माथिको पहाडमै आकर्यक बुद्धको मूर्ति बनाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत बिमल पोखरेलले जानकारी दिए ।-एबीसीबाट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com