बेलायतको संसदले टिकटकमा लगायो प्रतिबन्ध,के भन्यो कम्पनीले ?
प्रकाशित मिति : चैत्र ९, २०७९ बिहीबार
बेलायतको संसदले सुरक्षा चिन्ताका कारण चीनको सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । अब संसदको वाइफाइ नेटवर्कबाट प्रयोग गर्न पाइने छैन ।
एक प्रवक्ताले भने, ‘बेलायत सरकारले सुरक्षा समीक्षापछि निर्णय गरेको छ, मन्त्रीहरूले आफ्नो फोनमा एप प्रयोग गर्न पाउने छैनन् ।’ धेरै सांसदहरुले यो एप प्रयोग गर्ने गरेको उनले बताए । यससँगै टिकटकलाई कर्मचारीलाई दिइएको उपकरणबाट पनि हटाइनेछ ।
टिकटकले आफ्ना प्रयोगकर्ताहरूको डाटा चिनियाँ सरकारलाई दिने आरोपहरूलाई अस्वीकार गरेको छ। कम्पनीले आफ्नो विज्ञप्तिमा संसदको यो निर्णयलाई गलत धारणामा आधारित भएको जनाएको छ ।
यो प्रतिबन्ध लगत्तै संसदमा आउने सबै सांसद तथा अतिथिहरुले संसदको वाइफाइ नेटवर्कबाट आफ्नो डिभाइसमा टिकटक चलाउन पाउने छैनन् । यद्यपि, तिनीहरूले आफ्नो मोबाइल डाटाको साथ आफ्नो फोनमा टिकटक प्रयोग गर्न पाउने छैनन् ।