वैशाख ५ गतेदेखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा


प्रकाशित मिति : बैशाख ३, २०८० आईतबार

यही वैशाख ५ गतेदेखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । नेपालको लागि रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा पौडेल, कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ शेख, प्रतिश जिशी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की र ललित राजवंशी छन् ।

यस पटक अर्जुन साउद, सुर्य तामाङ, किशोर महतो र सन्दीप जोरा भने वैकल्पिक खेलाडीमा रहेका छन् । एसीसी प्रिमियर कपमा एसियाका टेष्ट खेल्ने बाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । समूह ए मा नेपाल र ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com