काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी‚ आकस्मिक अवतरण गर्दै


प्रकाशित मिति : बैशाख ११, २०८० सोमबार

उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको छ । सोमबार राति आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।

त्रिभुवन विमानस्थल नजिकको जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको विमानस्थल स्रोतले जनाएको छ ।

१६९  जना यात्रु बाेकेकाे फ्लाई दुबईकाे जहाजमा इन्जिनमा आगलागी भएकाे हाे । त्रिभुवन विमानस्थलमा फाेर्स ल्याण्डिङकाे तयारी भइरहेकाे छ ।

विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ रहेको छ। जहाज काठमाडौंबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको थियो । इंजिनमा आगलागीको कारण भने खुल्न सकेको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com