विश्व स्वास्थ्य संगठनले दियो अर्को भारतीय कफ सिरपको बारेमा चेतावनी
प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतीय कम्पनीको दूषित कफ सिरपको खेप मार्शल टापु र माइक्रोनेसियामा भेटिएको जनाएको छ ।
डब्लुएचओले पञ्जाबस्थित क्यूपी फार्माकेम लिमिटेडले गुआइफेनेसिन टीजी सिरपको परीक्षण गरेको नमूनामा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको अनुमतिभन्दा बढी मात्रा भेटिएको बताएको छ। दुबै यौगिकहरू मानवका लागि विषाक्त छन् र यदि सेवन गरेमा घातक हुन सक्छ।
तर, यसको सेवनका कारण कोही बिरामी परेका छन् वा छैनन् भन्ने कुरा डब्ल्यूएचओले आफ्नो वक्तव्यमा बताएको छैन ।
यसअघि डब्ल्यूएचओले भारतमा बनेको कफ सिरपलाई गाम्बिया र उज्वेकिस्तानका बालबालिकाको मृत्युसँग जोडेको थियो।
क्युपी फार्माकेमका प्रबन्ध निर्देशक सुधीर पाठकले भनेका छन्, कम्पनीले सबै आवश्यक नियामकहरूबाट अनुमति लिएर कम्बोडियामा १८,३४६ बोतलको ब्याच निर्यात गरेको थियो।
सुधीर पाठकले यो उत्पादन मार्शल आइल्याण्ड र माइक्रोनेसिया कसरी पुग्यो भन्ने थाहा नभएको बताएका छन् ।
“हामीले यी बोतलहरू प्यासिफिकमा पठाएका थिएनौं, र यी सिरपहरू त्यहाँ प्रयोगको लागि प्रमाणित थिएनन्। यी बोतलहरू कुन परिस्थितिमा मार्शल टापु र माइक्रोनेसियामा पुगे भन्ने हामीलाई थाहा छैन,” उनले भने।