झापामा अध्यक्ष ओलीमाथि ढुङ्गामुढाको प्रयास भयो:एमालेका प्रमुख सचेतक पदम गिरी
प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको सुरुमै आकस्मिक समयमा उहाँले भद्रपुर विमानस्थलबाट झापाको बुधबारेमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा केही समूहबाट होहल्ला तथा ढुङ्गामुढाको प्रयास भएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।
प्रमुख सचेतक गिरीले आफ्नो पार्टी शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने उल्लेख गर्दै यस्ता अवाञ्छित गतिविधिको विरोध गर्ने स्पष्ट पार्नुभयो ।