एमालेका नेता टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीनदिन हिरासतमा राख्न अनुमति


प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सन्दीपलाई प्रहरीले गएराति बुटवलबाट पक्राउ गरी आज जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि पेस गरेको थियो ।

सन्दीप नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । रायमाझीसहित उक्त प्रकरणमा आठ जना पक्राउ परिसकेका छन् । हिजो पूर्वगृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् । उहाँमाथि थप अनुसन्धान चलिरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

नक्कली शरणार्थी प्रकरण: १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी,यसरी भएको थियो असुली

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com