नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएर समाचार आएपछि पूर्व गृहमन्त्री खाण भने,‛चरित्रहत्या हुने समाचार सम्प्रेषित नगर्नुहोस्´


प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार

पूर्वगृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफ्नाबारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ ।

आज एक वक्तव्य जारी गर्दैै उहाँले आधारहीन, तथ्यहीन संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भनी समाचार सम्प्रेषण नगरीदिन सबैमा आग्रह गर्नुभएको छ ।

पूर्वगृहमन्त्री खाणले जाँदै नगएको स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिन पनि अनुरोध गर्नुभएको छ ।

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रहेका खाणको नामसमेत तानिएको बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको छ । सो प्रकरणमा आफ्नो नाम जोडिएपछि घुमाउरो ढङ्गले खाणले समाचारमा आएका कुराहरू अस्वीकार गर्नु भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com