संयुक्त राष्ट्रसंघ एजेन्सीको अनुमान : सुडानबाट १ लाख इथियोपियाली स्वदेश फर्किन सक्ने


प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार

सुडानबाट एक लाख इथियोपियालीहरू र करिब ३० हजार तेस्रो देशका नागरिकहरू इथियोपिया प्रवेश गर्ने प्रक्षेपण गरिएको छ । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालयले सो अनुमान गरेको हो।

सुडानबाट इथियोपिया प्रवेश गर्ने व्यक्तिको संख्या सुडानमा हाल चलिरहेको राजनीतिक अवस्थाका कारण बढ्न सक्ने पनि प्रक्षेपण गरिएको छ । अहिलेसम्म यस्ता व्यक्तिहरूको सङ्ख्या १८ हजार ५०० नाघेको छ । सुडानबाट छिमेकी इथियोपियामा मानिसहरूको आगमनको बारेमा पछिल्लो स्थिति बढ्दो क्रममा छ ।

अप्रिलको मध्य देखि नै सुडानबाट आउने मानिसहरूलाई इथोपियाले आश्रय दिरहेको छ । इथियोपियाबाट फर्केकाहरू, तेस्रो-देशका नागरिकहरू, साथै सुडानीहरू अम्हारा, बेनिशाङ्गुल गुमुज र गाम्बेलाका क्षेत्रहरूमा सीमा पार गर्ने बिन्दुहरू मार्फत यहाँ प्रवेश गरिरहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com