अमेरिकाको दाबी, ‛युक्रेनमा आक्रमण गर्न रुसले इरानबाट थप ड्रोन किन्न लागेको छ’
प्रकाशित मिति : जेष्ठ १, २०८० सोमबार
अमेरिकाले युक्रेनमा आक्रमण गर्न रुसले इरानबाट थप ड्रोन किन्न लागेको बताएको छ । यसअघि उसले इरानबाट किनेका ४०० ड्रोन प्रयोग गरिसकेको छ ।
यो बिषयमा बाइडेन सरकारले गत वर्ष स्याटेलाइट तस्बिर र खुफिया जानकारी प्रकाशित गरेको थियो। यस अनुसार इरानले सयौं आक्रमण ड्रोन रुसलाई बेचेको थियो।
विगत केही महिनादेखि अमेरिकी अधिकारीहरूले पनि इरानले रुसलाई सयौं क्षेप्यास्त्र बेच्ने तयारीमा गरिरहेको बताउँदै आएका छन् । तर, अमेरिकाले यसको प्रमाण फेला पारेको छैन ।
ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष जोन किर्बीले भने, “इरानले रुसलाई लगातार एकतर्फी आक्रमण गर्ने युएभीहरू दिइरहेको छ।”
यो आपूर्ति गत भदौदेखि नै जारी छ । इरानले रुसलाई ४०० साहेद युएभी दिएको छ । उनले भने, ‘रसियाले यी सबै ड्रोन प्रयोग गरेको छ। यी युक्रेनको महत्त्वपूर्ण पूर्वाधार जस्तै भवन, पुल र सडकमा आक्रमण गर्न प्रयोग भएका छन्।