विवाहको रात श्रीमान श्रीमतीलाई नै कसरी भयो हृदयघात ?


प्रकाशित मिति : जेष्ठ २१, २०८० आईतबार

भारतको उत्तर प्रदेशको बहराइचमा विवाहपछि मृत फेला परेका नवविवाहित जोडीको बारेमा ठूलो खुलासा भएको छ । हृदयघातका कारण दम्पतीको मृत्यु भएको बताइएको छ । शनिबार आएको पोस्टमार्टम रिपोर्टका आधारमा प्रहरीले यस्तो दाबी गरेको हो ।

फरेन्सिक विज्ञको टोलीले नवविवाहित जोडीको कोठाको जाँच गरेको प्रहरीले जनाएको छ । कोठामा भेन्टिलेशनको अभाव थियो। यस्तो अवस्थामा उनको मृत्यु कार्डियक अरेस्टका कारण हुने सम्भावना थियो । अब पोष्टमार्टम रिपोर्टमा पनि यो कुरा बाहिर आएको छ ।

विवाहपछि नवविवाहित जोडी २४ वर्षीय प्रताप यादव र २२ वर्षीया पुष्पा यादव  आफ्नो कोठामा सुत्न गएका थिए । दुबै अर्को दिन बिहान मृत फेला परेका थिए । मृत्युपछि दम्पतीको गाउँमै अन्तिम संस्कार गरिएको थियो । बहराइचका प्रहरी उपरीक्षक प्रशान्त कुमारले दम्पतीको हृदयघातका कारण मृत्यु भएको बताए ।

घटनापछि फरेन्सिक टोलीले घटनास्थलको निरीक्षण गरेको थियो । कोठामा भेन्टिलेशनको अभाव थियो। यस्तो अवस्थामा हृदयघातको सम्भावना रहेको टोलीले प्रारम्भिक अनुमान गरेको थियो ।

प्रहरी अधिकारीले दम्पतीको कोठामा जबरजस्ती कोही प्रवेश गरेको कुनै संकेत नदेखिएको बताए । दुबैको शवमा चोटपटकको कुनै निशान थिएन । यस्तो अवस्थामा यस मामिलामा कुनै आपराधिक कोण फेला पार्न गाह्रो छ। शवको भिसेरा थप परीक्षणका लागि लखनउस्थित स्टेट फरेन्सिक विज्ञान प्रयोगशालामा राखिएको उनले बताए। दुवै परिवारबाट कुनै उजुरी परेको छैन ।-सांकेतिक फोटो/एजेन्सी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com