टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किए


प्रकाशित मिति : जेष्ठ २७, २०८० शनिबार

जापान टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् । जापानको यातायात मन्त्रालयले जनाएअनुसार (स्थानीय समय ) बिहान ११:०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको धावनमार्ग मा ठोक्किएको देखिएको स्थानीय सञ्चारमाध्यमले विमानस्थल स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेका छन्।

ती दुई विमानहरू अहिले धावनमार्गमा पार्क गरिएका छन् । राष्ट्रिय प्रसारक एनएचकेका अनुसार दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ ।
विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ ।   विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरू ढिला भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com