भारतको मणिपुरमा सयौं मानिसको भीडद्वारा केन्द्रीय मन्त्रीको घरमा आगजनी


प्रकाशित मिति : असार १, २०८० शुक्रबार

मणिपुरमा नयाँ हिंसाका बीच बिहीबार राति इम्फालको कोङ्बामा रहेको केन्द्रीय मन्त्री आरके रञ्जन सिंहको घरमा भीडले आगजनी गरेको छ ।

घटनाको समयमा केन्द्रीय विदेश राज्यमन्त्री आफ्नो घरमा थिएनन्। इम्फालमा कर्फ्युको कडाइका बाबजुद सयौं मानिस मन्त्रीको घर पुग्न सफल भएका छन् । घटनाको समयमा मन्त्री निवासमा सुरक्षाकर्मी र सुरक्षा गार्डसहित केही थप गार्डहरू ड्युटीमा थिए।

घटनाको समयमा मन्त्री निवासमा उपस्थित एक सुरक्षा गार्डले स्थानीय मिडियालाई भने, “हमलाको क्रममा भीडले चारैतिरबाट पेट्रोल बम प्रहार गरेको थियो।”

मणिपुरमा गत मे ३ देखि भएको हिंसापछि मन्त्रीको घरमा भीडले आक्रमण गरेको यो दोस्रो पटक हो। गत महिना मन्त्रीको घरमा आक्रमण हुँदा भीड तितरबितर गर्न सुरक्षाकर्मीले हवाई फायर गरेका थिए ।

गत महिना, आरके रञ्जन सिंहले मणिपुरमा शान्ति स्थापना गर्न मेइतेई र कुकी समुदायका बुद्धिजीवीहरूको समूहसँग बैठक गरे। उनले मणिपुरका जनतालाई शान्ति कायम राख्न अपिल गरेका छन् ।

वास्तवमा दुई दिनअघि मंगलबार राति काङ्पोकपी जिल्लाको इगेजाङ गाउँमा संदिग्ध चरमपन्थीहरूले गोली चलाउँदा नौ मेइतीको मृत्यु भएको थियो। त्यसपछि राज्यमा हिंसा फेरि बढेको छ ।

यसअघि बुधबार साँझ पश्चिम इम्फालको लाम्फेलमा रहेको राज्य सरकारकी एकमात्र महिला मन्त्री नेम्चा किपगेनको सरकारी निवासमा सुरक्षाकर्मीको उपस्थिति हुँदाहुँदै भीडले आगजनी गरेको थियो ।

मणिपुरमा बहुसंख्यक मेइती समुदायलाई अनुसूचित जनजाति (एसटी) को दर्जा दिने मागको विरोधमा मे ३ मा पहाडी जिल्लाहरूमा ‘आदिवासी एकता मार्च’ आयोजना गरेपछि राज्यमा हिंसा भड्कियो।

मेइतेई र कुकी समुदायबीच जारी हिंसामा हालसम्म एक सयभन्दा बढीको मृत्यु भइसकेको छ । जबकि ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।-बिबिसिबाट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com