टाइटानिकको भग्नावशेष हेर्न निस्किएको पनडुब्बी अझै भेटिएन्, ३० घण्टा मात्रै अक्सिजन बाँकी


प्रकाशित मिति : असार ५, २०८० मंगलबार

पर्यटकका लागि विश्वकै चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न निस्किएको पनडुब्बीमा अब ३० घण्टा मात्रै अक्सिजन बाँकी छ ।

यस पनडुब्बीमा सवार पाँच जना यात्रु आइतबारदेखि बेपत्ता छन् । जसमा पाकिस्तानी मूलका अर्बपति व्यापारी शाहजादा दाउद र उनका छोरा सुलेमान दाउद, बेलायती अर्बपति व्यापारी हमिस हार्डिङ, फ्रान्सेली अन्वेषक पल हेनरी नार्गेलेट र साहसिक यात्राको व्यवस्थापन गर्ने कम्पनीका प्रमुख कार्यकारी स्टकटन रश पर्छन्।

अमेरिकी कोस्ट गार्डको खोजी अभियान २० हजार वर्ग किलोमिटरभन्दा ठूलो समुन्द्रमा चलिरहेको छ । यसमा क्यानेडियन नेवी, एयर फोर्स र कोस्ट गार्डसँगै न्यूयोर्क एयर नेशनल गार्डले पनि सहयोग गरिरहेको छ ।

अमेरिकी कोस्ट गार्डको अनुमान अनुसार पनडुब्बीमा करिब ३० घण्टा अक्सिजन बाँकी छ ।

आइतबार यात्रा सुरु भएको एक घण्टा ४५ मिनेटपछि पनडुब्बीसँग सम्पर्क टुटेको थियो । खोजी कार्यमा दुईवटा सी–१३० विमान र सोनारको सहयोग लिइएको छ ।

यो पनि…

टाइटानिक देखाउने पनडुब्बीमा को-को फसेका छन् ? सवार पाकिस्तानी अर्बपति दाउद को हुन् ?

अर्बपतिसहित टाइटानिक हेर्न गएको पनडुब्बी आइतबारदेखि बेपत्ता, अक्सिजन सकिँदै

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com