रोहित शर्माको कप्तानीबाट किन निराश छन् सुनिल गावस्कर ?
प्रकाशित मिति : असार २५, २०८० सोमबार
पूर्व क्रिकेटर सुनिल गावस्करले रोहित शर्माको कप्तानीबाट आफू निराश भएको र रोहितबाट धेरै अपेक्षा रहेको बताएका छन् ।
इण्डियन एक्सप्रेसको एक कार्यक्रममा सुनिल गावस्करले भने- ‘मैले उनी (रोहित शर्मा) बाट धेरै आशा राखेको थिएँ। भारतमा यो फरक कुरा हो, तर जब तपाईं विदेशमा राम्रो गर्नुहुन्छ, वास्तविक परीक्षा त्यहीँ हुन्छ। टी-२० मा पनि निराशाजनक छ। आईपीएलको यति धेरै अनुभव, कप्तानको रूपमा सयौं खेल र आईपीएलका केही उत्कृष्ट खेलाडीहरूले अझै पनि फाइनलमा पुग्न सकेनन्, यो निराशाजनक छ।’
गावस्करले भारतको पराजयपछि बीसीसीआई र चयनकर्ताले उचित समीक्षा गरेको छ कि छैन भनेर जान्न चाहेको पनि बताए। विशेष रूपमा गत महिना विश्व च्याम्पियनसिपमा अस्ट्रेलियाको हारको सन्दर्भमा, उनले भने – ‘प्रशिक्षक राहुल द्रविड र कप्तान रोहित शर्मालाई उनीहरूको निर्णयहरू व्याख्या गर्न सोध्नुपर्थ्यो।’