दिल्लीमा बाढीको खतरा, यमुनाको जलस्तर तीव्र गतिमा बढ्दै


प्रकाशित मिति : असार २५, २०८० सोमबार

भारतमा भारी वर्षाको बीचमा दिल्लीमा बाढीको खतरा परेको छ। यमुना नदीको पानीको बहाव लगातार बढ्दै गएको र सोमबार खतराको निशान नाघेको छ ।

दिल्ली सरकारका मन्त्री आतिशीले भनेकी सरकारले यो अवस्थासँग जुध्न तयारी गरिरहेको बताउकी छन् ।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै उनले भनिन् , ‘यमुनामा पानी तिब्र गतिमा आउँदैछ। हिजो बिहान प्रतिघण्टा करिब ४५ हजार क्युसेक पानी छाड्दै आएको थियो। अहिले प्रतिघण्टा करिब तीन लाख क्युसेक भएको छ। यसका लागि ३६ देखि ४८ घण्टा लाग्छ। भोलि बिहान १० देखि ११ बजेसम्म यमुनाको पानी खतराको तहमा पुग्छ भन्ने हामीलाई लाग्छ ।’

विगत दुई दिनदेखि परेको वर्षाका कारण दिल्लीलगायत देशका धेरै सहरका सडकमा पानी जमेको छ । हिमाचल प्रदेशमा ठूलो विनाश भएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com