चीनको एक विद्यालयमा चक्कु प्रहार : शिक्षक, विद्यार्थी र अभिभावकसहित ६ जनाको मृत्यु


प्रकाशित मिति : असार २५, २०८० सोमबार

चीनको ग्वाङ्डोङ प्रान्तको एक विद्यालयमा चक्कु प्रहार हुँदा तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ । यस घटनामा २५ वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने तीन जनामध्ये एक शिक्षक र दुई जना अभिभावक छन् । आक्रमणमा एक जना घाइते पनि भएका छन् ।

स्थानीय समय अनुसार सोमबार बिहान ७.४० बजे एउटा प्ले स्कुलमा आक्रमण भएको थियो । त्यतिबेला अभिभावकहरू आफ्ना छोराछोरीलाई विद्यालय पठाउन पुगेका थिए ।

प्रहरीले यसलाई ‘पूर्वनियोजित आक्रमण’ भनेको छ । तर, यसको पछाडिको कारण भने अझै खुल्न सकेको छैन ।

विद्यालय वरपरका क्षेत्रहरू सिल गरिएको स्थानीयले जानकारी दिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com