रहिनन् प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाल
प्रकाशित मिति : असार २६, २०८० मंगलबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।
उनी लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ ।
सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो ।
सीता दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत थिइन् । सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिनेछ । अन्तिम संस्कार भने दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिने सचिवालयले जनाएको छ ।