८ लाख ४ हजारको ३९ बिलियन डलर विद्यार्थी ऋण मिनाहा गर्ने बाइडेन प्रशासनको घोषणा


प्रकाशित मिति : असार २९, २०८० शुक्रबार

बाइडेन प्रशासनले ८ लाख ४ हजारको ३९ बिलियन डलर विद्यार्थी ऋण स्वचालित रूपमा माफ गर्ने शुक्रबार घोषणा गरेको छ । यो राहत योजना अन्तर्गत उधारकर्ताहरूले २० वर्ष वा २५ वर्षको लागि भुक्तान गरेपछि बाँकी ऋण सरकारले रद्द गर्नेछ ।

उनीहरूले कहिले ऋण लिएका थिए र भुक्तान योजना के थियो भन्ने आधारमा उनीहरूले तिर्न बाँकी रकममा छुट पाउनेछन् । सर्वोच्च अदालतले राष्ट्रपति जो बाइडेनको व्यापक विद्यार्थी ऋण माफी योजनालाई खारेज गरेको केही हप्ता पछि यो घोषणा आएको छ, जसले करिब ३७ मिलियन मानिसहरूलाई राहत दिने थियो।

एजुकेशन डिपार्टमेन्टले आगामी दिनमा योग्यहरूलाई सुचित गर्ने जनाइएको छ । बाइडेनको यो घोषणालाई ऋण लिएकाहरूको जीतका रूपमा हेरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com