त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १०० किलो सुन बरामद
प्रकाशित मिति : श्रावण ३, २०८० बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भन्सार छली गरी ल्याएको सुन बरामद भएको छ । हङकङबाट काठमाडौं आएको क्याथे प्यासेफिक एयरलाइन्सको विमानमार्फत ल्याइएको झण्डै १०० किलो सुन बुधबार साँझ बरामद गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सूत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो।