‘बाघ गाउँ प्रवेश गर्न चाहदैन, साम्राज्य जमाएर जंगलमै बस्न रुचाउँछ’
प्रकाशित मिति : श्रावण १३, २०८० शनिबार
नेपालमा ‘मानव-बाघ सहअस्तित्व’को नाराको साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाइएको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको छ । बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । यो समाचारमा बाघको स्वभाव सहित रोचक जानकारी प्रस्तुत गर्दैछौं ।
नेपालमा बाघको संख्या उल्लेख्य रुपले वृद्धि भइँरहँदा निकुञ्जको जंगलमा देखिने बाघहरु पछिल्लो समय हरेक निकुञ्ज वरिपरीको सामुदायिक वन, मध्यवर्ती बन तथा राष्ट्रिय वनमा समेत विचरण गर्ने गरेका छन् । बाघ जंगलमा मात्रै बस्न रुचाउने प्रजातीको रुपमा लिने गरिन्छ । बाघ सकभर गाउँबस्ती प्रवेश गर्न नै चाहादैँन् ।
बाघले उसको आमासँगै झण्डै २ देखि साढे २ वर्षसम्म सँगै बस्ने गर्छ । त्यो बेलामा बाघलाई उसको आमाले सँगै राख्ने, हुर्काउने, कसरी शिकार गर्ने, आफ्नो शिकार के हो ? कसरी एम्बुस गर्ने ? कुरा सिकाएको हुन्छ । बाघले आफ्नो धेरै शक्ति खर्च नगरि शिकार गर्न सक्यो भने उक्त शिकारलाई मार्ने गर्छ । यदी शिकार गर्न सकेन् भने उक्त शिकारलाई यत्तिकै छाड्दिने गर्छ ।
बाघ विज्ञ हरिभद्र आचार्य भन्छन् – ‘बाघले १५ देखि १६ पटक सम्म प्रयास गर्दा एउटा शिकार गर्न सम्भव हुन्छ । बाघको नियमित आहार प्रजाती भनेका मृग प्रजाती हुन् । मृग यति छिटो दौडिन्छ कि बाघले अल्लि शक्ति प्रयोग गर्यो भने भेटाउन त सक्छ । तर, बाघको स्वभाव कस्तो हुन्छ भने, उसले धेरै शक्ति प्रयोग गर्दैन् ।’
बाघका लागि ३ वर्षदेखि १५ वर्ष सम्मको उमेर प्रजननको लागि उपयुक्त हुन्छ । एउटा बाघले आफ्नो जीवनकालमा ३ देखि ५ पटकसम्म बच्चा जन्माउन सक्छ ।
बाघ लजालु स्वभावको हुन्छ, उँ शान सँग बस्ने र धेरै हिड्डुल पनि नगर्ने खालको हुन्छ । बाघ रातीको समयमा धेरै सक्रिय हुने र दिनभर घासँको झाडी वा रुखको मुनि या शित्तलमा बस्छ । बाघ रातीको समयमा लामो दुरी हिड्छ । कुनै राती १५ देखि २० किलोमिटरको पनि दुरी तय गर्ने गर्छ ।
बाघले मरेको भन्दा पनि जिउँदो चिजलाई सिकार गर्न रुचाउँछ । माऊले सिकाउने क्रममा बच्चाहरुलाई कसरी लुक्ने, कस्तो जीवलाई आफ्नो आहारको रुपमा ग्रहण गरेर सिकार गर्ने, कहाँ निर आक्रमण गर्ने सिकाएको हुन्छ । ४ खुट्टे जनावर, चलेको वा हिडेको अवस्थामा शिकार गर्न सिकेको बाघले मानिसले जंगलमा निहुँरीएर घाँस काट्दै गर्दा वा निउरो टिप्दै गर्दा झम्टिने गर्छ ।
माउँ सँग छुटिसकेपछि बाघले आफ्नो बासस्थान आफैँ खोज्नुपर्ने हुन्छ । बाघले आफ्नो निश्चित साम्राज्य बनाउने बस्ने गर्छ । एक ठाउँमा अर्को ठाउँमा जाँदै गर्दा उक्त ठाउँमा नयाँ बाघ भेटिएको अवस्थामा उनीहरुबीच लडाइँ हुन सक्ने गर्छ । यसरी लडाइँ हुँदा कमजोर र घाइते बनेको बाघले मृग प्रजातीको जनावरलाई सिकार गर्न नसक्दा सजिलो शिकारको खोजीमा गाइवस्तु चरण हुने वनमा आफू बासस्थान बनाउने गर्छ । गाईवस्तुलाई मार्न सहज हुने हुँदा घाइते बाघको शिकार बन्ने बाघ विज्ञ आचार्य बताउँछन् ।
एउटा बाघ घटीमा १८ देखि बढिमा २५ वर्षसम्म बाँच्छ । बाघलाई हरेक हप्ता एउटा शिकार गर्नुपर्ने आवश्यकता हुन्छ । बाघको आफ्नो शक्तिलाई चलाउन राख्न वर्षमा ५२ वटा शिकार आवश्यक पर्ने गर्छ । विस्तारै बुढो हुँदै गइसकेपछि बाघको दाह्रा-नङ्ग्रा खिइने र सहज रुपले शिकार गर्न नसक्ने अवस्था आउँछ । त्यस्तो बाघ पनि विस्तारै विस्तारै बाहिरको क्षेत्रमा विस्थापित हुँदै जान्छ । बाहिरको बस्तीमा पुगिसकेपछि उसको शिकार गाईँवस्तु हुने गर्छन् ।
मानिसको बानीले पनि वन्यजन्तु र मानवबीचको द्वन्द्व बढिरहेको उनको भनाई छ । बाघको बानी परिवर्तन गर्न नसकेपछि मानिसको बानी परिवर्तन गर्न सके वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनिकरण हुने उनी बताउँछन् । विज्ञ आचार्यले बाघले शिकार गाउँवस्ती भित्र प्रवेश गरेको अवस्था नरहेकोले घाँस, दाउँरा लिन जंगल पस्दा नै मानिसहरु बाघको शिकार हुने गरेको बताउँछन् । लौरोको भरमा पनि निकुञ्जमा पर्यटकीय गतिविधि चलेको बताउँदै दुई खुट्टाले हिडेँकै अवस्थामा बाघले आक्रमण गरेको घटना नरहेको उनको भनाई छ ।