पक्राउपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको भिडियो सार्वजनिक, भने- ‘घरमा चुपचाप नबस…’


प्रकाशित मिति : श्रावण २०, २०८० शनिबार

तोशखाना काण्डमा पक्राउ परेपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश सार्वजनिक भएको छ । भिडियोमा इमरान खानले आफूलाई आफ्नो गिरफ्तारीबाट डराएको र पक्राउ गर्नुअघि भिडियो सन्देश रेकर्ड गरिएको बताएका छन् ।

इमरानले भनेका छन्, “मेरो पाकिस्तानीहरू, जबसम्म यो सन्देश तिमीलाई पुग्छ, उनीहरूले मलाई गिरफ्तार गरिसकेका हुन्छन् र म जेलमा हुनेछु । तिमीलाई मेरो एउटै अपील छ कि तिमी घरमा चुपचाप नबस्नु । म यो मेरो लागि गरिरहेको छैन । म यो मेरो समुदायको लागि गर्दैछु, म यो तिम्रो लागि गर्दैछु।”

इमरानले जनताले आफ्नो अधिकारका लागि भोटमार्फत सरकार बनाउनुपर्ने बताएका छन् ।

किन गरियो गिरफ्तारी ?

अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई लाहोरस्थित उनको निवास जमान पार्कबाट पक्राउ गरिएको छ ।

इस्लामावादको जिल्ला तथा सत्र अदालतले तोशाखाना मुद्दामा इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले निर्णयलाई पक्षपाती भन्दै यसलाई सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com