भारतको दिल्लीका विद्यालयहरूमा मोबाइल/फोनको प्रयोगमा प्रतिबन्ध


प्रकाशित मिति : श्रावण २६, २०८० शुक्रबार

दिल्ली सरकारले आफ्ना विद्यालयहरूमा मोबाइल/फोनको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। दिल्ली विद्यालय शिक्षा नियम, १९७३ को नियम ४३ अन्तर्गत दिल्ली सरकारको शिक्षा निदेशालयले बिहीबार जारी गरेको सल्लाहमा सरकारी मात्र नभई निजी विद्यालय परिसरमा पनि मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने बताएको छ।

शिक्षा निर्देशक हिमांशु गुप्ताको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना बालबालिकाले विद्यालय परिसरमा मोबाइल फोन ल्याउन नदिन अभिभावकलाई अनुरोध गरिएको छ । बालबालिका मोबाइल लिएर विद्यालयमा आएमा विद्यालय प्रशासनले लकर वा अन्य व्यवस्थाबाट सुरक्षित राख्न उचित व्यवस्था मिलाउनेछ ।’

यस एडभाइजरीमा शिक्षक तथा कर्मचारीलाई कक्षा, खेल मैदान, प्रयोगशाला, पुस्तकालय जस्ता ठाउँमा मोबाइल प्रयोग नगर्न पनि आग्रह गरिएको छ । ‘विद्यार्थीहरूबाट बरामद गरिएका मोबाइल बिदा भइसकेपछि उनीहरूलाई फिर्ता गरिनुपर्ने’ उल्लेख छ ।

यसमा स्कूल अधिकारीहरूलाई हेल्पलाइन नम्बरहरू उपलब्ध गराउन भनिएको छ, जहाँ विद्यार्थी र अभिभावकहरूले आपतकालीन अवस्थामा कल गर्न सक्छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com