सांसद सुनिल शर्मालाई थुनामा नराख्न अदालतको आदेश


प्रकाशित मिति : श्रावण २६, २०८० शुक्रबार

जिल्ला अदालत काठमाडौँले शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मालाई थुनामा नराख्न आदेश दिएको छ ।

न्यायाधीश डण्डपाणि शर्माको इजलासले शुक्रबार थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको छ । शर्मालाई प्रहरीले बिहीबार राजधानीको गोल्फुटारस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com