मलेसियाका लागि नेपाली राजदूतसँग कामदारले भोग्नुपरेका समस्या समाधानबारे छलफल


प्रकाशित मिति : श्रावण २६, २०८० शुक्रबार

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरुले मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेटघाट गरेका छन् । संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा पदाधिकारीहरु मलेसियामा रहेको समयमा शुक्रबार नेपाली राजदूत पौडेलसँग भेटघाट गरेका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी र मलेसियन वैदेशिक रोजगार व्यवसायीबीचको द्धिपक्षीय सुदृढ गर्ने, नेपालबाट मलेसिया कामदार ल्याउने सिलसिलामा देखिएका समस्याहरुलाई सहज बनाउन, वैदेशिक रोजगार व्यवसायी र रोजगारदाताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने लगायतका उद्धेश्यले राजदुतसँग भेटघाट गरिएको संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।

भेटघाटको समयमा राजूदत पौडेलसँग मलेसियाको सबा सरवाक प्रान्तका रोजगारदाता कम्पनीबाट प्राप्त मागपत्र प्रमाणीकरण, मलेसियमा रहेका श्रमिकहरुलाई पेनाङ र जोहारवारबाट पनि राहदानी दिने व्यवस्था गर्ने विषयमा छलफल भएको छ ।

यस्तै, रोजगारी तथा विशेष कामको सिलसिलामा मलेसिया आएका कामदार र अन्य नेपालीहरुलाई सहज रुपमा ट्राभल कागजातहरु उपलब्ध गराउने, रोजगारीको लागि मलेसिया आएका कामदारहरु विभिन्न कारणले जेलमा थुनामा रहेकाले उनीहरुलाई उद्धार गरी नेपाल ल्याउने विषयमा पनि छलफल गरिएको महासचिव भुर्तेलले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com