कक्षा १२ को नतिजा प्रकाशन : ५०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्न सकिन्छ नतिजा


प्रकाशित मिति : श्रावण ३०, २०८० मंगलबार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्षको परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थीको नन ग्रेडेड (एनजी) आएको बोर्डले जनाएको छ ।

यसरी हेर्न सकिन्छ नतिजा :

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com