चन्द्रयान-३ को सफलतापछि मोदीले भने- ‘यो क्षण १४० करोड धड्कनको शक्तिको हो’
प्रकाशित मिति : भाद्र ६, २०८० बुधबार
चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरणपछि भारतले इतिहास रचेको छ । चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरणपछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) का प्रमुख एस. सोमनाथले अभियान सफल भएको घोषणा गरेका छन् ।
प्रमुखले प्रधानमन्त्री मोदीलाई अभिवादन गर्दै बोल्न निम्तो दिए। उनले भने, “म हाम्रा प्रधानमन्त्रीलाई आशीर्वाद दिन चाहन्छु।”
ब्रिक्स सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल सम्बोधन गरेका छन् ।
पीएम मोदीले भने, “हाम्रा परिवारका सदस्यहरू, जब हामी आफ्नो आँखा अगाडि यस्तो इतिहास बनिरहेको देख्छौं, जीवन धन्य हुन्छ। यस्ता ऐतिहासिक घटनाहरू राष्ट्रको जीवनको चेतना बन्छन्। यो क्षण अविस्मरणीय छ। यो क्षण अभूतपूर्व छ। यो क्षण विकसित भारतको समृद्धिको हो। यो क्षण नयाँ भारतका जय घोषको हो। यो कठिनाईको सागर पार गर्ने क्षण हो। यो चन्द्रमा विजयको बाटोमा हिड्ने क्षण हो। यो क्षण १४० करोड धड्कनको शक्तिको हो। यो भारतमा नयाँ ऊर्जा र नयाँ चेतनाको क्षण हो।’
उनले भने, ‘आइएसआरओले यस पलका लागि धेरै वर्षहरूमा धेरै मेहनत गरेको छ। म १४० करोड देशवासीहरूलाई बधाई दिन्छु ।’
“हाम्रा वैज्ञानिकहरूको कडा मिहिनेत र प्रतिभाले हामी चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेका छौं, जहाँ विश्वको कुनै पनि देश पुग्न सकेका छैनन्। अब चन्द्रमासँग सम्बन्धित मिथकहरू फेरिनेछन्, कथा पनि फेरिनेछन्, नयाँ पुस्ताका लागि भनाइहरू पनि फेरिनेछन् ।