सेप्टेम्बरमा हुने जी-२० सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति पुटिन भारत नजाने


प्रकाशित मिति : भाद्र ८, २०८० शुक्रबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जी–२० सम्मेलनमा सहभागी हुन भारत नजाने भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार यसबारे जानकारी दिएका छन्।

जी–२० सम्मेलनमा पुटिनको सहभागिताको प्रश्नमा पेस्कोभले भने, “होइन, राष्ट्रपतिको त्यस्तो कुनै योजना छैन।”

जी–२० देशहरूको बैठक सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुँदैछ। यसअघि पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन दक्षिण अफ्रिका गएका थिएनन् ।

पुटिन अनलाइन सम्मेलनमा सहभागी भएका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com