भेपमार्फत भएको सुन तस्करी प्रकरण : कृष्णबहादुर महराका छोरा राहुल नियन्त्रणमा
प्रकाशित मिति : भाद्र १३, २०८० बुधबार
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका महरा पक्राउ परेका हुन् ।
महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार दिउँसो नियन्त्रणमा लिएको हो । गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो ।