एसिया कप क्रिकेट : पाकिस्तानले नेपाललाई २३८ रनले हरायो
प्रकाशित मिति : भाद्र १३, २०८० बुधबार
एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो ।
घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । नेपालले सुरुमै आफ्नो तीन विकट गुमाएको थियो । पहिलो विकेटका रुपमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आठ रन बनाउँदै आउट भएका थिए ।