एसिया कप : भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य
प्रकाशित मिति : भाद्र १६, २०८० शनिबार
एसिया कपमा भारतले पाकिस्तानलाई जितका लागि २६७ रनको लक्ष्य दिएको छ । पूरै भारतीय टोली ४८.५ ओभरमा २६६ रन बनाएर आउट भयो।
टस जितेर पहिले ब्याटिङ रोजेको टिम इन्डियाको सुरुवात खराब रह्यो ।
हार्दिक पाण्डेय ८७ र इशान किशनले ८२ रन बनाए । तर, यी दुईलाई आउट गरेपछि जडेजा र ठाकुर पनि तुरुन्तै छाडे ।
पाकिस्तानका लागि शाहिनले चार विकेट लिए । रउफ र नसिम शाहले तीन–तीन विकेट लिए ।