जी-२० शिखर सम्मेलन : भारत र अमेरिकाले डब्ल्यूटीओमा आफ्नो पछिल्लो विवाद सुल्झाए


प्रकाशित मिति : भाद्र २३, २०८० शनिबार

विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा पोल्ट्री उत्पादनको मुद्दामा भारत र अमेरिकाले पछिल्लो पटक विवाद समाधान गरेका छन्।

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यससँगै दुवै देशले विश्व व्यापार संगठनमा विचाराधीन सातवटै व्यापार विवाद आपसी सहमतिमा समाधान गरेका छन्।

दुबै देशले एक संयुक्त वक्तव्य पनि जारी गरेका छन् जसमा भनिएको छ, “दुवै देशले विश्व व्यापार संगठनमा भारत र अमेरिका बीचको सातौं र अन्तिम विवादको समाधानको स्वागत गरेका छन्। यो २०२३ जुन मा छवटा द्विपक्षीय व्यापार विवादको समाधान पछि आएको हो।”

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति जो बाइडेनबीच दिल्लीमा भएको भेटपछि दुवै देशले संयुक्त वक्तव्य जारी गरेका हुन् । जी–२० शिखर सम्मेलनका लागि राष्ट्रपति जो बाइडेन दुई दिने भारत भ्रमणमा छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com